भारतमा अलपत्र परेका २ सय बढी नेपाली रानी–जोगवनी नाकाबाट नेपाल प्रवेश

विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ ।बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरु लाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जोगबनी स्थित क्वारेण्टाइनमा बसिरहेका थिए ।यसै गरि भारत तर्फ रेल लगायत अन्य सवारीका साधन संचालन भएपछि कतिपय मंगलबार नै आइपुगेका थिए ।नेपाल प्रवेश गर्नेहरुमा रुकुम, मोरङ, सुनसरी, झापा, तेह्रथुम, पाँचथर लगायतका स्थानीयहरु रहेका छन् ।

उनीहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेण्टाइनमा पठाउने गरी नेपाल प्रवेश गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।विराटनगर प्रवेश गराइएकाहरुलाई तत्कालका लागि विराटनगरको डिएभी स्कुल लगायतका होल्डिङ एरियामा राखिने छ । नेपाली सेनाले व्यवस्थापना र रेखदेख गर्ने होल्डिङ एरियामा सुत्ने र खाने व्यवस्था मिलाइएको छ । नजिकै जिल्लाकालाई आज नै क्वारेण्टाइनमा पठाइने र टाढाकालाई संवन्धित जिल्लामा समन्वय गरेर एक र्दुइ दिनमै पठाइने प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिनुभयो ।नेपाल आएका उनिहरुलाई स्थानिय तहमा स्थापना गरेका क्वारेन्टाइनमा १५ दिन सम्म राखिने छ ।

उनिहरुलाई सिमानामा सामान्य ज्वरो मात्र नापेर नेपाल प्रवेश गराइएको छ । उनीहरुलाई स्वागत गर्नको लागी प्रमुख जिल्ला मदन भुजेल, मोरङका प्रहरी प्रमुख विश्व अधिकारी , मेयर भिम पराजुली शसस्त्र प्रहरी लगायतको सहित टोली रानी बोर्डर पुगेका थिए ।भारतबाट लकडाउन भएपछि पहिलो पटक यति धेरै जनसख्या जोगबनी नाका हुदै नेपाल आएका छन् । तर उनीहरुको सामान्य ज्वारो मात्र नापेर नेपाल प्रवेश गराइएको छ । यति धेरैको संख्या आएका व्यक्तिहरुलाई सम्बन्धीत स्थानिय तहका वडाहरुले कम्तिमा पनि १५ दिन सम्म क्वारेन्टाईनमा राखेर मात्र छाड्नु आवश्यक छ ।