पेट दुखेर अस्पताल गएकी मिराको सुई लगाउना साथ मृ’त्यु

पोखरा, पेट दु’खेर पोखरा गैह्रापाट स्थित फिस्टेल हस्पिटलमा गएकी एक महिनाको दुखाई कम गर्ने इ’न्जेक्सन लगाउना साथ मृ’त्यु भएको छ । मृ’तकका आफन्तले सुई ल’गाउना साथ कसरी मृ’त्यु भयो भन्दै कारण मा’गेका छन ।अहिले मृ’तकका आफन्त, चिकित्सक र अस्पताल प्र’शासनबीच वा’र्ता चलिरहेको छ ।फिस्टेल हस्पिटलमा रहेका मृ’तक परिवारका साथीले बताएको घटना बिवरण जस्ताको तस्तै: पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थचोककी ३९ बर्षीया मिरा पोखराका व्यवसाथीका नेता प्रदिप मुल्मीकी श्रीमती हुन । प्रदिप फेन्सी तथा रे’डिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन ।

सधै जसो शुक्रबार विहान पनि प्रदिप र मिरा ‘मर्निङ वाक’ गए । फर्केर ब्याडमिण्टन खेले । मिराले खाना पकाईन । मिरा एक छोरा र एक छोरी आमा हुन । सपरिवार खाना खाए ।खाना खाएपछि मिरालाई पे’ट दुख्न थाल्यो । धेरै नै पेट दुखेपछि प्रदिपले गाडी चलाएर मिरालाई फिस्टेल हस्पिटलमा लगे । धेरै पेट दु’खेकाले दुखाई क’म गर्न भन्दै इर्मजेन्सी वार्ड मै मिरालाई एउटा इ’न्जेक्शन दिइयो । इ’न्जेक्शन लगाएको केही मिनेट पछि मिराको मृ’त्यु भयो ।मिराका श्रीमान प्रदिपले इ’न्जेक्शन लगाउना साथ किन मृ’त्यु भयो भन्दै अस्पतालसंग जवाफ मा’गेका छन् । मिराको श’व अस्पताल मै छ ।