राहत वितरण गर्न जाँदा दु’र्घटनामा परेकी रन्जुको उपचारका क्रममा मृ’त्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्र’भावितलाई राहत वितरणका लागि जाँने क्रममा दु’र्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृ’त्यु भएको छ ।दु’र्घटनामा घा’ईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको मृ’त्यु भएको प्रहरीले जनाएको छ । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृ’त्यु भएको हो ।सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दु’र्घटनामा परेकी थिईन् ।

न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी स’फारीले ठ’क्कर दिदा उनी गंभीर घा’ईते भएकी थिईन् । दु’र्घटना पश्चात सिटी स’फारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज’मानीमा छो’डेको थियो । तर, घाईते न्यौपानेको मृ’त्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बे’लबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।