Breaking: नेपालमा आज सबै भन्दा बढी २२६ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

काठमाण्डौ, नेपालमा आज सबै भन्दा बढी कोरोना सन्क्रमित थपिएका छन ।स्वास्थ्य मन्त्रालयका अनुसार थप २२६ जनालाई कोरोना पुष्टि भएको हो । यो संख्या नेपालमा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेको पहिलो हो ।आज थपिएका २२६ संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या १७९८ पुगेको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २२६ जनामा कोरोना देखिएको मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले बताएका छन । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएकोहो ।