नापी अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही, १९ जेठ – रुपन्देहीको भैरहवास्थित नापी कार्यालका अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको छ ।जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरुले आपसी मिलोमतोमा १७ लाख रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।लेखन्दास शर्माविरुद्ध १७ लाख, नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीलाई १२ लाख रुपैयाँ र नायव सुब्बा पन्थीविरुद्ध ५ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।