मुम्बई। भारतीय अभिनेता चिरञ्‍जीवी सर्जाको ३९ वर्षको उमेरमा नि’धन भएको छ। ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका व’हन गरेका थिए। क’र्नाटकाका मुख्यमन्त्री बीएस ये’दिरुप्पाका अनुसार हृ’दयाघातका कारण उनको नि’धन भएको हो। “लोकप्रिय क’न्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको नि’धनको दुखद् खबर पाउँदा स्त’ब्ध भएको छु,” मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्, “उनीप्रति हार्दिक श्र’द्धाञ्‍जली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धै’र्यधारण गर्ने श’क्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

‘ह्वि’सल’, ‘व’रादानायका’लगायत दक्षिण भारतका चर्चित सिनेमामा अभिनेता चिरञ्‍जीवी सर्जाको अभिनय छ। उनी त’मिल अभिनेता अर्जुन सर्जाका भतिजा हुन् भने प्रख्यात अभिनेता श’क्ति प्रसादका नाति। उनले सन् २०१८ मा अभिनेत्री मे’घना राजसँग विवाह गरेका थिए।