एमसीसी सम्झौता तोड्नु हुँदैन, पारित गरेर अगाडि बढ्नुपर्छः डा. खतिवडा

काठमाडौं, २७ जेठ । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तो’ड्न नहुने भन्दै यसलाई पारित गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट र योजनामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदले एमसीसी पा’रित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।अर्थमन्त्री खतिवडाले उक्त स’म्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बि’ग्रिने पनि बताए ।

एमसीसी सम्झौता पत्र संसदमा विचाराधीन रहेको भन्दै संसदमा नै यसका बिषयमा छलफल हुनुपर्ने धारणा उनको छ ।खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने भन्दै यसका लागि औद्योगीकरण र ग्रामीण विद्युतीकरण गरिनुपर्ने बताए ।चक्लेट आयातमा भन्सार घटाइएकोमा प्रष्टीकरण दिँदै उनले १२३ वटा फर्मले चकलेट आयात गरिरहेकाले कुनै एउटा फर्मलाई हेरेर निर्णय नलिएको तर्क गरे ।बजेटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाएको भन्दै उनले संघमा पुराना दायित्व धेरै भएकाले दुई तिहाई बजेट राख्नुपरेको बताए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सुरक्षण मुद्रण खरीद प्रक्रियालाई पा’रदर्शी बनाइने प्रतिवद्धता जनाए । सा’इबर अ’पराध नियन्त्रणका विषयमा जवाफ दिँदै मन्त्री डा खतिवडाले सञ्चार मन्त्रालयसहित सूचना प्रविधि केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणको सहभागितामा सा’इबर सु’रक्षा अनुगमन केन्द्र स्थापना गरिएको जानकारी दिए ।उनले सामाजिक सञ्जालबाट हुने व्यक्तिको च’रित्रहत्या रो’क्न सरकारले ध्यान दिने र संसद्मा विचाराधीन का’नून आए पनि त्यो थप व्यवस्थित हुने बताए ।