काठमाण्डौं प्रवेशमा रो’क लगाइएको भन्दै ना’काबन्दी गर्ने चे’तावनी

विराटनगर । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रो’क लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक अ’वरुद्ध गरेको छ ।सोमबार बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर वि’रोध गरेका हुन् ।सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख वि’पक्षीलाई आफ्ना कुरा राख्न समय दिने बताएपछि प्रमुख स’चेतक केदार कार्कीले प्रदेश बन्यो तर संघीय सरकारसँग प्रश्न पनि गर्न नसक्ने सरकारको के काम ? भन्दै प्रश्न उठाएका थिए ।सचेतक कार्कीले संसदमा आफ्ना भनाई राख्दै काठमाण्डौं प्रवेशमा रो’क लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न ड’राएको आरोप लगाए ।

काठमाडौं जान पर्दा नाकाबाट मानिसलाई फर्काउने गरिएकोले ना’काबन्दी गरिनुपर्ने चे’तावनी दिइएको छ ।सचेतक कार्कीले प्रदेश सरकारले संघीय सरकारलाई स’चेत गराउन पर्ने बताउँदै नत्र नागरिकको ना’काबन्दी संघीय राजधानी पर्ने दा’वी गरे ।प्रदेश १ सरकारले पीसीआर परीक्षणका क्रममा गरेको खर्च स’दनमा जानकारी गराउनु पर्ने कार्कीले माग गरेका छन् । मुख्यमन्त्री शेरधन राईले कोरोनासँग ल’ड्दै गरेको कुरा भिडियोमा सार्वजानिक हुने गरेपनि त्यसको जवाफ स’दनमा दिनुपर्ने माग गरिएको छ ।