८५ वर्षीया वृद्धालाई ठगेको आरोपमा २ नेपाली अष्ट्रेलियामा प’क्राउ

एजेन्सी, १० आसार । अष्ट्रेलियामा ठगी गरेको आरोपमा २ नेपाली प’क्राउ परेका छन् । उनीहरु सिड्नीमा बस्ने ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा समातिएका हुन् ।प’क्राउ परेकाहरु १९ वर्षका आयुष भट्टराई र २२ वर्षीया नेहा गिरी रहेका छन् । सिड्नीको टेलिभिजन न्युज ९ का अनुसार उनीहरुले ती ८५ वर्षीय वृद्धालाई बैंकको खातामा समस्या आएको र नयाँ खाता बनाउनु पर्ने भन्दै टेलिफोन सम्पर्क गरेका थिए ।त्यसपछि नयाँ खाता सिर्जना गर्नुपर्ने सल्लाहका साथै नयाँ खाता सिर्जना गरेर त्यही राखिदिने प्रस्ताव गर्दै ३ हजार डलर मागेका थिए ।

तर ती वृद्धाको खातामा समस्या आएको थिएन । उनले एकैपटकमा विश्वास गरिन् र उनीहरुले घरमै पठाएका कुरियर कर्मीलाई वृद्धाले सो रकम पठाइदिइन् । त्यसपछि वृद्धालाई ठगिएको शंका लागेको थियो । लगत्तै उनले प्रहरीकोमा सम्पूर्ण कृयाकलापबारे बताएकी थिइन् ।प्रहरीलाई जानकारी दिएपश्चात् पनि सोही समूहले पुनः ५ हजार डलर मागेको र पैसा लिन बोलाएर उनीहरुलाई सोमबार प’क्राउ गरिएको न्युज ९ सिड्नीले प्रशारण गरेको छ । अनुसन्धानबाट प’क्राउ परेका नेपालीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा आबद्ध रहेको पत्तो लागेको बताइएको छ ।

जो उनीहरु अष्ट्रेलियामा बसेर भारतबाट सञ्चालित रहेको खुलेको छ । ती वृद्धाजस्तै अन्य टेलिफोनको सम्पर्कमा आएका अन्य धेरै स्थानीय अष्ट्रेलियन रहेको प्रहरी अनुसन्धानले भेटाएको छ । प’क्राउ परेका दुवै नेपालीहरुलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको न्युज ९ सिड्नीले जनाएको छ ।