एक युवतीको वियोगान्त कथा: विवाहको ६ महिनामा सिन्दूर पुछियो, लगत्तै प्रा’ण खो’सियो

प्रेम सुनार,बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ८ वोर्डगाउँकी २४ बर्षीया सुस्मीता थापाको केहि दिन अघि हेटौडामा भएको वि’भत्स ह’त्याकाण्ड पछाडि आर्थिक कारण भएको परिवारजनको ठम्याँई छ ।असार १ गते राति हेटौडा मकवानपुरको हेटौडा नगरपालिका वडा ४ सूर्यचोकस्थित सुस्मीताको घरको भान्छा कोठा भित्र वि’भत्स ह’त्या गरिएको अवस्थामा उनको श’व फेला परेको थियो ।सुस्मीताका बाबु कृष्ण केसीका अनुसार घ’टनास्थलमा पुग्ने आफन्तजनले सुस्मीतालाई सिलौटौ पि’स्ने ला’म्चो र ठुलोखालको लोहोराले टाउँकोमा प्र’हार गरी वि’भत्स ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो ।

‘छोरीको ह’त्या खवरले वि’क्षिप्त बनेकी उनकी आमालाई मैले स’म्हाल्न थाले र छोरीको श’व हेर्न जान सकिन तर शव हेर्न जाने आफन्तहरु भन्छन्, टाउँकोमा चार ईन्च ग’हिरो चो’ट थियो, टाउँकाको छाला एउटा पनि थिएन , सिरानीले मुख छोपी छोपी कु’टीकुटी मा’रेछन ।पछि नि’दारमा पनि लोहोराले हा’नेको, एउटा आँखा फु’टेको अर्को आँखा हेरेको हेरै अवस्थामा थियो रे । ह’त्या गरिसकेपछि कपडाले टाउँको छा’पेर राखिएको अवस्थामा श’व फेला परेको बताईएको छ’, सुस्मीताका बाबु कृष्ण केसीले भने ।सुस्मीताका बाबु कृष्ण केसी भारतीय सेनाका अ’वकास प्राप्त ब्यक्ति हुन ।

उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन । एक छोरा र एक मात्र छोरी सुस्मीताको स्ना’तक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो ।त्यही क्रममा एक जना आफन्तजनले गत बर्ष लगनको महिना बैशाखमा हेटौडाका शिव भनेर चिनिने रुपेन्द्र थापासंग सुस्मीताको विवाह गराउने प्रस्ताव बाबुसंग राखे ।छोरी सुस्मीता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मीतालाई केटाको फोटो म’गाएर हेर्न पठाईयो । बाबु केसी भन्छन– ज्वाँई ईन्जिनियर हुनुहुन्थ्यो । आमासंग कुरा भए छ केटा त ठीकै छ तर टाढा भयो भन्ने जवाफ दिईछन ।

त्यसपछि टाढा भएर केही गर्दैन भनेर सम्झाइयो र छोरीको २३ बर्षको उमेरमा २०७६ बैशाख १८ गते भब्य रुपमा मागी विवाह भएको थियो ।सुस्मीताकी आमा गंगा केसी भन्छिन –‘गएको दशैमा ज्वाँई टिका थाप्न आउनु भएको थियो । छोरी यहि थिइन ।पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशै सपरिवार बसेर मनाइयो ।टीका थापेर ज्वाई मोटर साइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो । दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाईकललाई हा’नेर उहाँको ज्यान गएको थियो, छोरी यतै थिइन।’

यसरी विवाहको छ महिना नपुदै पति वि’योगको पी’डा सहेर बसेकी सुस्मीताले स्नातक सकेर दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन । त्यही बेलामा लकडाउन सुरु भयो ।उता ज्वाँईको छ’मासिक गर्न जान्छु भनिन छोरीले त्यसपछि बुवाले प्रशासनमा पुगेर गाडीको पास बनाएर चैत्र २१ घरमा छाड्न जानु भएको थियो, यसरी सुस्मीताकी आमा पी’डा सुनाउँछिन ।बाबु केसी भन्छन, ‘मैले स’म्धीलाई बीचमा फोन गरेर पठाइदिनु प¥यो भनेको पनि हुँ , वीमा कम्पनीको कागज पत्रमा सा’ईन गर्न छ भन्दै हुनुहुन्थ्यो ।छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन ।

यता उनी दिल्ली हिड्न तयार पारिएको कपडालत्ता त्यत्ति कै छन ।केसी दम्पत्ती थप्छन, ‘घरको चुलामा छोरीको वि’भत्स ह’त्या गरिएको छ । घर भन्दा बाहिरको मान्छे आएर ह’त्या गरेका होलान भन्न सकिन्न । घर कै मान्छे नै हुनु पर्छ ।छोरीका ससुराको नाम प्रकाश थापा हो । उहाँकी एउटी छोरीको विवाह भई सकेको छ । मेरी छोरी भन्दा जेठो उमेरकी घरमा अर्की छोरी सिता थापा र उनकी आमा घरमा बस्छन ।’केसी दम्पत्ती भन्छन, ‘ज्वाँईको सडक दु’र्घटनामा मृ’त्यु हुँदा ५ लाख रुपैयाँ छोरीलाई मिलेको थियो ।त्यो पैसा खोई भन्दै छोरीकी नन्द सीता थापा क’राउने गरेको सुनिन्थ्यो ।

छोरीले खाता मै छ पैसा भनेर भन्ने गर्थिन ।त्यो भन्दा ठूलो रकम ज्वाँईले काठमाडौंमा ठूलो धनराशीको वीमा गराउनु भएको रहेछ, दुबै जनाको नाममा । ४० लाख जति त ज्वाँइका दाजुले झि’किसके भन्ने सुनिन्छ । त्यो भन्दा ठूलो रकम छोरीले पाउने हुँदा कु’टेर वि’भत्स ह’त्या गरियो । कारण पैसा नै हो भन्ने हाम्रो बुझाई छ ।’हिजो मात्रै कपिलवस्तुबाट अधिकारकर्मीहरु मकवानपुर पुगेर क्ष’तिपूर्तिसहित दो’षीलाई क’डा भन्दा क’डा का’रबाहीको मा’ग गरेका छन । ‘हाम्रो मा’ग पनि यहि हो कि दो’षी छिटो भन्दा छिटो पत्ता लगाई ह’दैसम्मको का’रवाही होस्, ‘केसी दम्पत्तीले भने ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले त्यहाँ पुगेका अधिकारर्कीहरुसंग अनुसन्धानको अ’न्तिम चरणमा पुगिएको र अब छिटै अ’भियुक्त सार्वजनिक गर्ने बताएको अधिकारकर्मीहरुले जानकारी दिएका छन ।प्रहरीले सुस्मीताका ससुरा प्रकाश थापा र नन्द सीता थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुस्मीताका आफन्तजनको ठ’हर छ झण्डै एक करोड वीमा रकम ह’त्याउन सुस्मीताको वि’भत्स ह’त्या गरिएको छ ।न्युज २४