एक जनालाई ब’चाउन खोज्दा २ जनाकै ज्यान गयो

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–७ दहीखोलामा बिहीबार राति भएको जिप दु’र्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । मा’नसिक सन्तुलन गु’माएकी महिलालाई बचाउन खोज्दा दु’र्घटना भएकाे प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्करपियोले सोही दिशातर्फ पैदल जाँदै गरेकी ती महिलालाई ठ’क्कर दिँदा महिलाको पनि घ’टनास्थलमै मृ’त्यु भएको छ । इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार स्करपियोले महिलालाई ठक्कर दिएपछि अ’नियन्त्रित भई पुनः अर्को दु’र्घटना भएको थियो ।

अ’नियन्त्रित बनेको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र मोटरसाइलको पछाडि सवार ३५ वर्षीय पहिचान नखुलेका अर्का एक पुरुषको मृ’त्यु भएको छ । पहिचान नखुलेका पुरुषको घ’टनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृ’त्यु भएको हो ।