कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत वि’रामी घटे

१३ असार २०७७, शनिबार काठमाडाैं । नेपालमा को’रोना संक्रमण र ल’कडाउन सुरु भएपछि अस्पतालमा उ’पचार गर्न आउने वि’रामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अ’स्पतालहरूको तथ्यांकले औं’ल्याएका छन् ।कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।राजधानीको केन्द्रमा रहेको वीर अ’स्पतालमा लकडाउन अघि वि’रामीको घु’इँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम वि’रामी आउने गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

व’हिरंग विभागमा कम आउँछन् नै आ’पतै परेपछि आउने आ’कस्मिक कक्षमा समेत वि’रामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय वि’रामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् ।दैनिक दुई सय ५० जना आउने आ’कस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।लकडाउनसंगै सरकारले अति आवश्यक वाहेक अन्य सेवा सुचारु नगर्न भनेकोले आवश्यक सेवा मात्र थिए । लकडाउन खुकुलो भएपछि अस्पतालमा उल्लेख्य वि’रामी नपुगेको अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले बताए ।

निर्देशक सेन्चुरीको अनुसार को’भिड १९ को संक्रमण अस्पतालवाट हुन्छ भन्ने त्रा’सले पनि वि’रामी सकेसम्म अस्पताल आउन चाहाँदैनन्, लकडाउनले सवारी नपाएपछि उपत्यका वा’हिरका वि’रामी पनि आउन नसकेकोले अस्पतालमा सेवा लिनेको संख्या अन्यन्त न्युन रहेको हो ।