कोरोना संक्रमित युवाको श’ब व्यवस्थापनमा खटिएका दुई जना नेपाली सेनामा कोरोना संक्रमण

पाल्पा – नेपाली सेनाको पाल्पास्थित गोरखदल गणका दुई जना सेनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते मृ’तक कोरोना संक्रमित युवाको शब व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षका सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।भारतबाट फर्किएका पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाका ३६ वर्षका युवाको कोरोनाको कारणले मि’सन अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको छ । ती युवाको श’ब व्यवस्थापनमा खटेका दुई जना सेनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका नि’मिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

मृ’तककाे डुम्रे खाेलामा शब व्यवस्थापन गरिएकाे थियाे । शुक्रबार आएको ७७ जनामध्ये दुई जना नेपाली सेनाका पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । अन्य ७५ जना भने रामपुरका हुन् । सङ्क्रमित दुई जना सेनालाई श’ब व्यवस्थापन गरेपछि नै क्वारेन्टाइनमा राखिएको गो’रखदल ग’णले जनाएको छ । श’ब व्यवस्थापनमा अ’त्याधिक पानी परेका कारण व्यवस्थापनमा ख’टिएका मानिसमा समेत कोरोना स’रेको हुन सक्ने भन्दै त्यतिबेला देखि नै सा’बधानी भने अ’पनाइएको दा’वी गरिएको छ ।