Breaking: नेपालका सबै जिल्लमा फैलियो कोरोना, आज एकैचोटी थप ५५४ जनामा कोरोना पुष्टि

१३ असार २०७७, शनिबार काठमान्डौ ,नेपालमा आज थप ५५४ जनामा कोरोना पुष्टि भएको स्वाथ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ ।स्वास्थ्य मत्रलयका अनुसार नेपालका सबै ७७ जिल्लामा कोरोना फैलिएको छ । आज रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालका सबै जिल्लामा कोरोना फैलिएको हो ।

रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ ।