कोरोनाको म’हामारी चलिरहदा सरकारी गाडी चढेर बिहेभोजमा

गैँडाकोट, सरकारी निर्देशनलाई बे’वास्ता गर्दै कतिपय भने भव्य बिहे भोजको आ’योजना गरिरहेका भेटिन्छन् । अचम्मको कुरा त के छ भने गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज शनिबार दिन सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दु’रुपयोग थियो ।गैँडाकोट नगरपालिका–१७ स्थित होटल रेड हाउसमा उपमेयर सरकारी बा २ झ १३४९ नम्बरको रातो गाडी चढेर ज’न्तीसहित पुगेकी हुन् । २०० बढी जन्ती सहभागी भएको बिहे भोजमा उपमेयरलाई सरकारी गाडीमा देखेपछि स्थानीयले वि’रोध गरेका छन् ।

स्थानीयले कोरोनाको कहरको समयमा धेरै जन्ती लिएर उपमेयर किन आएको भनेर सोध्दा उनले आफूले २५ जना मात्र जन्ती ल्याउन आ’ग्रह गरे पनि धेरै आएको स्वी’कार गरिन् । छिमेकीको बिहे भएका कारण आफू सहभागी भएको उनले बताएकी थिइन् ।सो क्रममा स्थानीयले चर्काे वि’रोध गरे पछि उनी विवाह स्थल छाडेर बा’हिरिएकी थिइन् ।