सलह कीरा भारतको सीमा नाका सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पातर्फ प्रवेश गर्‍यो

पाल्पा – भारतको सीमा नाका सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पातर्फ सलह किरा प्रवेश गरेको छ । बुटवल हुँदै पाल्पाको तिनाउ दोभान, रिब्दीकोटतर्फ सलह किरा प्रवेश गरेको स्थानीय बासिन्दाको भनाई छ ।लाखौँको संख्यामा भारतबाट बुटवल आइपुगेको सलह किरा पाल्पाको दोभान हुँदै माथितर्फ उक्लेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । दोभानको विभिन्न स्थानमा सलह किरा आएको सूचना किसानले दिएको र आफूले धुवा उडाउन सल्लाह दिएको उहाँले बताउनुभयो ।बुटवलबाट दाेभान आएकाे र त्यहीकाे आकाशमा राेमलिएकाे खबर आफूले प्राप्त गरेकाे कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयाे ।

उहाँले यदि सलह किरा आकाशमा देखिएकाे खण्डमा धुँवा उडाउने, ठूलाे आवाज निकाल्ने जस्ता गतिबिधि गर्नुपर्ने र बालीनालीमा बस्नै दिन नहुने बताउनुभयाे ।रूपन्देहीका स्थानीय बासिन्दाले पनि सलह किरा पाल्पातर्फ प्रवेश गरेकाे बताएका छन् । उनीहरूले भिडियाे र फाेटाे लिएर सामाजिक संजालमा राखेका छन् । सलह किरा पाल्पा पसेपछि यस क्षेत्रका किसान भने त्रसित बनेका छन् । उनीहरुले सलहले बालीनालीमा नोक्सान गर्ने हो कि भन्ने चिन्ता गरेका छन् ।फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ ।

खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।