विद्यार्थीहरु घरमै बसेर ट्युसन पढ्न थाले

तनहुँ, १३ असार । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ विरुद्ध सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन हाल सम्म पनि कायम नै छ ।हतारमा वार्षिक परीक्षा दिएका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरु भएको करिब तीन महिना समय बित्दा समेत विद्यालय जान पाएका छैनन् । अहिले तत्कालको लागि विद्यालय खुल्ने सम्भावना टरेपछि विद्यार्थीहरु घर घरमै बसेर ट्युसन पढ्न थालेका छन् ।तनहुँका अधिकांश सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ भने केही सामुदायिक विद्यालयहरुले भने अनलाइन शिक्षा सुरु गरेका छन् ।

तर ग्रामीण भेगका विद्यालयहरुमा ईन्टरनेट पहुँच नहुनाले अनलाईन शिक्षा सम्भव छैन ।तनहुँ सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुको हात हातमा पुस्तक दिएपछि घरमै बसेर ट्युसन पढ्न थालेका हुन् । विद्यार्थीहरुमा पढ्ने चाहना भए पनि आफूले नबुझेका पाठमा सिकाई दिने कोही पनि व्यक्तिहरु नपाएपछि ट्युस पढेको उनीहरु बताउछन् ।सरकारले रेडियो र टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गरेता पनि विभिन्न समस्याका कारण ग्रामिण भेगका विद्यार्थीहरुले पढ्ने वातावरण पाएका छैन । जिल्लाको व्यास नगरपालिका वडा ६ काफ्ले फाँटका सुर्यकान्त काफ्लेले गाँउमा बिजुलीको समस्याको कारण आफनो छोराछोरीहरुले टेलिभिजन मार्फत पठनपाठन गर्न नपाएको बताए ।

उनले भने, “ गाँउमा बिजुली हापलाईनका आउन्छ, यतिको लाइनले टेलिभिजन चल्दैन, रेडियो त झन् कस्ले राख्छ र अहिलेको समयमा । ” “दिउँसोको समयमा हामी मेलापातामा जान्छौ, घरमा छोराछोरीलाई सिकाउने कोही छैनन् नभएपछि घरमै टिउसन् पढ्ने वातावरण मिलाईदिएको हो । ” उनले भने ।गाँउमै रहेका शिक्षकहरु मिलि घर घरमा ट्युस नपढाउन थालेको सोही वडाको अम्रेनीका शिक्षक तेजप्रसाद लामिछाने बताउन्छन् । उनले भने, “सरकारले विद्यालय खोल्न अनुमती दिएको छैन, यसरी त विद्यार्थीहरुको भविष्यमा नराम्रो असर पुग्छ ।

त्यसैले गाँउकै शिक्षकहरु मिलि ट्युसन पढाउन थालेको हौं । ”टोल टोलको विद्यार्थीहरुलाई समूह बनाएर उनीहरुकै घरमा ट्युसन पढाउन थालिएको हो । जसले गर्दा पढाईमा विद्यार्थीहरुलाई धेरै सहज भएको बताइएको छ। व्यास ६ बाहबिसेका बिशाल कार्की कक्षा ९ मा अध्यनरत छन् । उनले आफनो विद्यालयबाट नयाँ कक्षाको पुस्तक पाएको एक महिना हुन लाग्यो ।आफूले नजानेको पाठको सिकाई दिने कोही नभएपछि गाँउकै शिक्षकसँग ट्युसन पढेको उनले बताए । उनले भने, “घरका सबै रोपाईमा जानुहुन्छ, मैले नजानेको पाठ सिकाई दिने कोही नभएपछि ट्युसन पढेको हुँ । ”