एक वर्षे दुधे बालकले कोरोनालाई जितेर घर फर्किए

तनहुँ । तनहुँमा एक वर्षे दुधे बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपि कोईराला श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसनमा रहेका दुधे बालकसहित ६ जना संक्रमितलाई शनिबार डिस्चार्ज गगरिएको हो ।डिस्चार्ज हुनेमा ऋषिङ गाँउपालिकाका एक वर्षीय बालक, २० वर्षीय पुरुष, २५ वर्षीया महिला, २८ वर्षीय पुरुष, र घिरिङका २६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाका २२वर्षीय पुरुष रहेका छन् । उनीहरु मध्य चार जना असार आठ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सिमा क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई पालिकाको क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुको पीसीआर टेस्ट गर्दा दुधे बालकमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक रामकुमार श्रेष्ठले भने, “संक्रमण पुष्टि भएपछि बालकसहित उनको आमालाई पनि अस्पतालको आइसोलेसनमा ६ दिन राखिएको थियो र पीसीर परीक्षण गरिएको थियो। अहिले उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेका हौं ।”योसँगै तनहुँका कोरोनाबाट निको हुनेको संख्या १५ पुगेको छ । भने सक्रमितको संख्या एक सय २ रहेको छ ।