संक्रमित छोराको स्याहार गर्न संक्रमित सँगै बसेर छोरालाई को’रोनामुक्त बनाएर घर फर्किन्

स्याङ्जा :स्याङजाको अर्जुनचौपारीकी एक महिलाले आफ्नो ३ बर्षे छोरालाई को’रोनामुक्त बनाएर घर फर्किएकीछन् । काखमा रहेको तिन बर्षे छोरा मात्रै कोरोना संक्रमित भएपछि छोराको स्याहारका लागि आईसोलेशनमा पुगेकी उनी अन्य संक्रमितहरु सँगै बसेकी थिईन ।अर्जुन चौपारी ४ की १९ बर्षिय सरिता परियारले २२ जना सङक्रमित सगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा बसेर पनि कोरोना माथि जि’त हात पार्नु भएको हो ।जेठ १३ गते भारतबाट ६ जना परिवार सगै आउनु भएकी परियारको तिन बर्षे छोरामा कोरोना पोजेटिभ भेटिएपछि छोरोको स्याहार गर्न आइसोलेसनमा पुग्नु भएको थियो ।

भारतबाट आएर वडाको जनमाबि क्वा’रेन्टीनमा १८ दिन बसेपछि जेठ ३० गते तिन बर्षिय छोरोको को’रोना पोजेटिभ भेटिएको थियो । तर आमाको भने पि’सिआर नेगेटिभ आएको थियो ।सानो छोराको स्या’हारमा आइसोलेसनमा पुगेकोमा रो’गको जो’खिम भन्दा पनि छोरोको मायाँले परियार सङक्रमितको स’मुहमा जानु परेको थियो ।गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङको कोरोना पीसीआर नतिजा नेगेटिभ भएपछि घर फर्काउने निर्देशन अनुसार असार ९ गते परियार सहित ४१ जनाको स्वा’ब लिइएको थियो ।

सबै सङक्रमित सगँ बस्दा पनि कोरोना माथि बि’जय हात पारेको बताउदै परियारले धेरै मानिस सङक्रमित हुदाँ छोरा सगै आफुले बि’जय हात पारेकोमा खुसी ब्यक्त गनुभयो ।कोरोना पोजेटिभ हुदाँ आइसोलेसनमा बसेका आ’न्दोलन गरेर यसै घर जान खोजेको बताउदै परियारले दुइपटक परीक्षण गरेर सु’रक्षित भएपछि घर जाने ब्यवस्था गरेकोमा सरकारलाई समेत ध’न्यबाद दिनुभयो ।घर पुगेपछि केही दिन एक्लै बस्ने बताउदै बताउदै परियारले सबैलाई सु’रक्षित रहन आग्रह समेत गर्नुभयो ।यस्तै कारोना सङक्रमित आमा र दाजुसगै नेगेटिभ भएर बसेका आँधीखोला ५ का एक जना छ बर्षे बालकले समेत कोरोना माथी बि’जय हात पारेका हुन् ।

दिल्लीबाट आमा, दाई र अंकल सगँ आएर कोरोना नेगेटिभ भेटिएपनि संरक्षण गर्ने कोही नभएपछि सगै बालक आइसोलेसन पुगेका थिए ।परियारसगै अर्जुन चौपारीका तिन, गल्याङका १६, वालिङ्का १०, आँधीखोलाका चार र भिरकोटका एक जना सहित ३४ जनालाई पी’सीआर नेगेटिभ आएपछि घर पठाइएको हो ।कोरोना माथि जि’त हात पारेर घर फर्केने जेठ २०, २५ र ३० गते सङक्रमित भएको कालिका अस्पतालका प्रमुख छायाँदत्त रेग्मीले जानाकारी दिनुभयो ।असार ९ गने ४१ जनाको ३४ जनाको नेगेटिभ नतिजा आएर घर फर्केका छन् भन सात जनाको पोजेटिभ आएको हो ।