चितवन , सिन्धुलीमा पनि सलह किरा

काठमान्डौ , कोरोनाको त्रास बढीरहेको बेला नेपालमा अर्को मार थपिएको छ । भारत लगाएत अन्य देशहरुमा सलह किराको चर्चा चलीरहदा नेपाल भित्रिएको सलह बिभिन्न जिल्लामा भित्रिसकेको छ ।भारतको विहारहुँदै नेपाल प्रवेश गरेको सलह चितवन र सिन्धुलीको बिभिन्न ठाउहरुमा देखा परेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा सलह किरा देखिएको हो । त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ , ८ को बाघमारा, १० को भडार र दुईको चियाबारी माथि पनि देखिएको छ ।

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार, किसानबाट फट्याङ्ग्राजस्तो कीरा आएर बाली खाएको सूचना पाएपछि सो क्षेत्रको अनुगमनमा गएको बताउनु भयो । अनुगमनको क्रममा जादा कीराको हूल जङ्गल क्षेत्रमा गएको किसानले बनाएका थिए । एकैछिनमा समेत बालीनालीमा ठूलो नोक्सानी पर्याएको किसानले बताएका थिए ।सिन्धुलीका कमलमाई नगरपालिकाको केहि क्षेत्रहरुमा सलहजस्तै कीरा भित्रिएको खवर पाए पछि कमलामाई नगरपालिकाका प्राविधिकहरु त्यसतर्फ गएको र उनीहरुले पठाएको कीराको नमूना हेर्दा सलह नै भएको सङ्केत गरेका छन् ।

सो विषयमा प्राविधिकहरुसँग छलफल भइरहेको र त्यसबारे यथार्थ सार्वजनिक गरिने विज्ञ देवराज अधिकारीले जानकारी दिनुभयो ।त्येस्तै सुनकोशी गाउँपालिकाको मुल्कोटमा पनि केही फट्याङ्ग्राजस्ता कीराहरुको हुल देखा परेको छ । ती कीराले मेलै लगाएर किसानले लगाएको मकै लगाएत फलफूलका पात खाएको स्थानीएकको गुनासो रहेको छ ।