कोरोना भाइरसको दोस्रो लहर ख’तरनाक हुने : डब्लुएचओ

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर ख’तरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औं’ल्याएको हो ।डब्लुएचओका सहायक महानिर्देशक डा. रा’निरी गु’यराले कोभिड–१९ ले स्पे’निस फ्लू’ले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्म’रण गराएका छन् ।सन् १९१८ को स्पे’निस फ्लु गर्मी मौसममा म’थ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा ड’रलाग्दो तरिकाले फैलिएको थियो ।

युरोपका देशहरुले लकडाउन खु’कुलो गर्दै यात्रा अनुमति ससमेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् ।सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पे’निस फ्लु’बाट ५ करोडभन्दा बढी मानिसले ज्यान गु’माएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो ल’हरमा करोडौंले ज्यान गुमाएका थिए ।