भक्तपुरको बोडेकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीका ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले भक्तपुरका एकजनामा संक्रमण देखिएको भनिएकोमा भक्तपुरको मध्यपुर थिमि–९ का ४ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकालाई पेट दुखेपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो ।उनको ए’पेन्डिसाईटिसको अ’परेसन गर्नु पर्ने भएपछि अस्पतालले असार ११ गते स्वाबको नमुना संकलन गरि परीक्षणका लागि पाटन अस्पताल लगिएको थियो ।

स्वाबको रिपोर्ट नआएसम्मका लागि बालिकालाई औ’षधी दिएर घरमै फर्काइएको मध्यपुर थिमि नगरपालिकाकाले जनाएको छ ।उनको स्वाब संकलन गरेको २ दिनपछि शनिबार संक्रमण पुष्टि भएको हो ।अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल लगियकाे छ र घर सि’ल गरियकाे छ ।बालिकाको परिवारलाई भने होम क्वा’रेन्टिनमा राखेर स्वाब संकलन गरिने जनाइएको छ ।तस्बिर : फाइल