ज’ननेता मदन भण्डारीको जन्म ज’यन्तीमा भक्तपुरमा वृक्षारोपण

भक्तपुर, १४ असार – जननेता मदन भण्डारीको ६९ औं जन्म ज’यन्तीको अवसरमा आज भक्तपुरको गट्ठाघरमा वृ’क्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका जिल्ला अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव वचन देउजाको ने’तृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जननेता मदन भण्डारीको नवीनतम विचारको स’मीक्षा गर्दै अहिलेको प’रिप्रेक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ए’कतावद्व बनाउन र दृढ श’क्तिका साथअघि बढ्न नेता भण्डारीको नवीनतम राजनीतिक सोच र विचारले मात्र संभव हुने बताउनुभयो ।

अध्यक्ष देउजाले वृक्षारोपण गर्नुका साथै बिरुवाहरूलाई सु’रक्षाप्रदान गर्न ता’रको जा’लीले समेत घेरेर बिरुवाको संरक्षण गरेको बताउनुभयो । अध्यक्ष देउजाले कार्यक्रममा उपस्थित भएर सहयोग गर्ने स्थानीय जनता, समाजसेवी तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैलाई ध’न्यवाद समेत दिनुभएको थियो ।