ललितपुरमा कोरोनाबाट तेस्रो व्यक्तिको मृ’त्यु

ललितपुर । ललितपुर जिल्लामा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृ’त्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट ह’तुवा विजयपुर नगरपालिकाका वडा नं ७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृ’त्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।उनले भने, “उहाँमा लामो समयदेखि श्वा’सप्रश्वासको स’मस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको को’भिड आ’इसियू भ’र्ना भई केही समयपछि भे’न्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृ’त्यु भएको थियो ।”

ती व्यक्तिको स्वा’ब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए ।ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छा’तीको उपचार गराइरहेको गे’लालको भनाइ छ । उनको उपचारमा ख’टिने र परिवारका स’दस्य गरी आठदेखि नौजनालाई हाल आ’इसोलेसनमा राखिएको उनले बताए । यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृ’त्यु भइसकेको छ । आजसम्म ललितपुरका नौ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको श’व व्यवस्थापन भने नेपाली सेनाले गर्ने छ । रासस