भुवन केसी बि’रुद्ध बोल्ने हिम्मत यसरी गरिन् साम्राज्ञीले

काठमाडौं । आफुले बनाएको वा आफुले अभिनय गरेको चलचित्र रिलिजको छे’को बाहेक मिडियाकर्मीको सम्पर्कमा आउदैनन् भुवन केसी । यदि चर्चामा आउन प-यो भने आफैं ‘मिडियामा बि’क्रीयोग्य’ विषय निर्माण गर्न पनि सिपालु छन् केसी ।पछिल्लो समय भुवन केसीको चर्चा भयो नायिका साम्राज्ञी राज्यलक्ष्मी राणासंग जु’हारी खेलेको विषयमा । साम्राज्ञीले केही दिन अघि मात्रै इन्स्टामा भिडियो पोष्ट गर्दै आफुले सुटिङमा पानी समेत पिउन नपाएको भन्दै नेपाली सिनेमामा प’रिवारवाद हा’भी भएको टिप्पणी गरेकी छिन् ।

साम्राज्ञीको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बने लगत्तै भुवन केसीले सामाजिक सञ्जाल मार्फत भने ‘जुन थालमा खायो त्यहि थालमा प्वाल पार्ने ?’ भुवनको अभिब्यक्तिको आ’शय हो ‘कुनै पनि कलाकारले आफु भन्दा ठूलाले गरेको ज्या’दतीको मौ’न समर्थन गर्नुपर्छ ।’सामाजिक सञ्जालमा भुवन केसी र साम्राज्ञीले थप जु’हारी खेले भने निश्चित छ सर्वसाधारण दर्शक साम्राज्ञीको पक्षमा स’मर्थन जनाउछन् तर, फिल्म क्षेत्रमा क्रि’याशिल ब्यक्तिहरु कतिपय मौ’न बस्ने छन् र केही भुवनकै स्वारमा स्वर मिलाउदै भन्नेछन् ‘जुन खालमा खायो त्यहि थाल प्वाल पार्ने यस्तो पनि हुन्छ ।’

किनकी भुवन केसीको ब्यानर चलेको ब्यानर हो र उक्त ब्यानरबाट बनेको फिल्ममा देखिन पाइयो भने भाग्य च’म्किन्छ भन्ने भ्रम छ केही कलाकारमा । यहि कारण नेपाली चलचित्र क्षेत्रमा नयाँले पुरानोलाई हे’प्ने प्रचलन सं’स्कार बनेको छ । पटक पटक हे’पिएका हरुले पनि म हेपिएँ भन्न सक्दैनन् ।कोरोना संकटपछि भएको लकडाउनले नेपाली चलचित्रको भविष्य अ’निश्चित बनेको छ । प्रदर्शनको तयारीमा रहेका फिल्महरु कहिले प्र’दर्शन हुने टुंगो छैन भने हलमा रिलिज हुँदा पनि ति फिल्मले लगानी उठाउने सम्भावना न्युन छ ।यस्तो अवस्थामा नयाँ चलचित्र बनाउन पनि उत्तिकै स’मस्या हुने नि’श्चित छ ।

सारमा भन्दा अबका केही महिना कलाकार बेरोजगार हुने नि’श्चित छ । यो अवस्थामा पनि साम्राज्ञीले सु’टिङका क्रममा आफुलाई हे’पिएको कुरा गरेर दु’ष्साहसपूर्ण नि’र्णय गरेकी छिन् ।यो अभिब्यक्ति साम्राज्ञीको एक्लो अभिब्यक्ति होइन आम हे’पिएका कलाकारहरुको आवाज हो । ‘हेपिएर पनि म हे’पिएँ’ भन्न नसक्नेहरुका लागि साम्राज्ञीले एउटा वातावरण निर्माण गरिदिएकी छिन् ।यति मात्रै हैन । उमेर पाको भएकै कारण आफुलाई वरिष्ठ दा’वी गर्दै नवोदित कलाकारहरुसंग नाजायज प्रस्ताव राख्नेहरुलाई झ’संग समेत बनाइदिएको छ ।राजधानी दैनिक