यी देशका नागरिक बाहेक अरु देशका नागरिकले यूरोपमा प्रवेश नपाउने

काठमाडौंयूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन इयूले १४ देशका नागरिकहरुलाई मात्रै यहि जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिएको छ ।इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ ।भोलीबाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रो र मोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् ।यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वेका नागरिकहरुको यूरोप भ्रमण पनि खुला गरिएको छ ।

इयूको पछिल्लो निर्णयपछि अमेरिका, ब्राजिल र चीनका नागरिकहरुले अब अर्को निर्णय नभएसम्म यूरो सदस्य मुलुकहरुको भ्रमण गर्न पाउने छैनन् ।तर इयू बैठकले चीनले यूरोपेली मुलुकका नागरिकहरुलाई उसको देशमा यात्रा अनुमति दिएमा भने उनीहरुलाई पनि यूरोपमा प्रवेश दिने निर्णय गरेको छ । कोरोनाभाइरसको महामारी पछि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरेर लकडाउनमा गएका यूरोपेली देशहरुले आवागमनमा पूर्ण प्रतिवन्ध लगाएका थिए । संक्रमणको स्तर घट्दै गएपछि देशहरुले गतिविधि सामान्य पार्दैछन् ।