भोलिबाट चौमासा एकादशी प्रारम्भ, नयाँ व्रत बस्नेहरुका लागि उत्तम

काठमाडौं । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् ।पछिल्लो तथ्यांक अनुसार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १/१ जना छन् ।

त्यस्तै डिस्चार्ज हुनेमा गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाका ६ जना छन् ।जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो ।