ब्राजिलमा कोरोना संक्रमित संख्या १४ लाख नाघ्यो, अमेरिकामा मृ’तक संख्या १ लाख ३० हजार

काठमाडाैँ, १२ असार । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृ’त्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृ’त्यु ब्राजिलमै देखिएकाे छ । त्यहाँ पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृ’त्युका के’स फेला परिरहेका छन् ।ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १४ लाख ना’घेकाे छ । बुधबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १४ लाख ८ हजार ४८५ पुगेकाे व’र्ल्डाेमिटर्सले जनाएकाे छ । ब्राजिलमा मंगलबार एकै दिन ३७ हजार ९९७ जनामा संक्रमण पुष्टि भएकाे छ ।

काेराेना भाइरसकै कारण त्यहाँ मंगलबार १ हजार २७१ जनाकाे मृ’त्यु भएकाे छ ।अघिल्लाे दिन साेमबार पनि त्यहाँ २५ हजार २३४ नयाँ संक्रमित थपिएका थिए भने ७२७ जनाले ज्यान गु’माए । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ५९ हजार ६५६ जनाले ज्यान गु’माइसकेका छन् ।तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमित कुल संख्या १४ लाख ना’घेकाे छ भने नि’काे हुनेकाे संख्या ७ लाख ९० हजार ना’घेकाे छ । मंगलबार मात्र त्यहाँ ३२ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । हाल त्यहाँ ५ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २७ लाख ना’घेकाे छ । त्यहाँ १ लाख ३० हजारभन्दा बढीले काेराेनाकै कारण ज्यान गु’माइसकेका छन् ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मि’टर्सका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कुल संक्रमित संख्या २७ लाख २७ हजार ८५३ पुगेकाे छ । मंगलबार एकै दिन मात्र त्यहाँ ४६ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएकाे छ । याे अघिल्ला दिनहरूकाे तु’लनामा निकै बढी हाे । यसअघि जून २६ का दिन अमेरिकामा हालसम्मकै बढी दैनिक संक्रमणका के’स ४७ हजार ३४१ फेला परेका थिए ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण ती’व्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृ’त्युदर घ’टिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ११ लाख ४३ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (मंगलबार) त्यहाँ २६ हजारभन्दा बढी मानिस नि’काे भएका छन् । यद्यपि अझै १४ लाख ५४ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।तर अमेरिकामा काेराेना भाइरसका कारण मृ’त्यु हुनेकाे संख्या विश्वमै अ’धिक रहेकाे छ ।