प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि सबै मन्त्रीहरूलाई बालुवाटार बोलाएउनुभएको छ । उहाँले बुधबार बिहानै सरकारका सबै मन्त्रीका साथै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि बालुवाटार बोलाउनु भएको हो ।उहाँहरू प्रधानमन्त्री ओली निकटका मुख्यमन्त्री हुनुहुन्छ । नेकपा स्थायी समितिको हिजोको बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठीक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभएकाे थियाे ।

मदन भण्डारीकाे जन्मजयन्तीका दिन प्रधानमन्त्रीले भारतको इसारामा आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि नेकपा नेताहरू कड्किएका छन् ।हिजाेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको बताउनुभएको थियो । त्यसपछि बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यससँगै अाजकाे बैठकमा केही मन्त्रीले राजीनामा दिन सक्ने संकेत रहेकाे बताइएकाे छ ।