नेपालमा आज एकैदिन १४६२ जना कोरोनालाई जितेर घर फर्किए

काठमान्डौ , नेपालमा आज एकै दिन १४६२ जना कोरोनालाई जितेर घर फर्किएका छन ।स्वास्थ्य मंत्रलायाका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार उनीहरु देशका विभिन्न अस्पतालमा उपचार पछी कोरोनालाई जितेर घर फर्किएका हुन् ।आज , जनकपुरबाट झापाका १८ पुरुष, कलैया असपतालबाट बाराका ६३ पुरुष, साई कृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ जना पुरुष, टेकु अस्पताल काठमाडौंबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपालचोकका १ पुरुष, खोटाङका १ पुरुष रहेका छन् ।

त्यस्तै मोरङ, नुवाकोट, चितवन, भक्तपुर, दोलखाका १/१ जना पुरुष, ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष, निलकण्ठ आइसोलेशन सेन्टरबाट धादिङका ५ महिला र २९ पुरुष, ललितपुरका १ महिला, भक्तपुरका २ पुरुष,त्यस्तै, पाटन अस्पतालबाट ललितपुरका १ महिला भक्तपुरका २ पुरुष सिन्धुलीका १ महिला चितवनका १ महिला, सुर्खेत प्रादेशीक अस्पतालबाट ५ महिला र २८ पुरुष, प्रदेश नं ५ का विभिन्न आइसोलेशनबाट १५ महिला र २८७ पुरुष र नवलपरासीका १ महिला र १३ पूरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार अन्यको विवरण आउन बाँकी रहेको छ ।हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन्। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।