बन्दाबन्दीको समयको लिईएको शुल्क फिर्ता गर्न अनेरास्ववियु (क्रान्तिकारी)को आग्रह

काठमान्डौ , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बन्दाबन्दीको समयको लिईएको शुल्क फिर्ता गर्न र शुल्क नलिन निजि विद्यालयहरुलाई अनुरोध गरेको छ । एक बिज्ञप्ति जारी गर्दै कोरोनाको बढ्दो संक्रमणले सारा नेपाली जनता आक्रान्त भएको बेला प्याब्सन/एनप्याब्सनको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना गरेको छ ।सेतिमहाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ-नेपालका लाखौं विद्यार्थीहरुको प्रिय सङ्गठन हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रुपान्तरणका लागि निरंतर संघर्षरत रहेको छ।

कोरोनाको बढ्दो संक्रमणले सारा नेपाली जनता आक्रान्त छ्न। यस्तो परिस्थितिमा सम्पुर्ण शिक्षण संस्थाहरु बन्द रहेका छ्न। गैरजिम्मेवार राज्यले कोरोना महामारीको बेला र आगामी दिनहरूमा शिक्षा क्षेत्र लाई कसरी अगाडि बढाउने विषयमा स्पष्ट खाका प्रस्तुत गर्न सकेको छैन जसले गर्दा लाखौं विद्यार्थी अन्योलग्रस्त अवस्थामा छन। यस्तो अवस्थामा प्याब्सन/एनप्याब्सनको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गर्दछौं र शुल्क नतिर्न सम्पुर्ण अभिभावकहरुमा अपिल गर्दछौं।