अन्तिम समयसम्म ल’ड्ने ओलीको रणनीति

काठमाडौँ, १८ असार । स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले रा’जीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू नि’कटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वाममदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा स’मूहगत भेलामा सहभागी हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू नजिकका नेताहरूसँग छलफल गरे ।

बुधबार बिहानै बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग पनि ओलीले छलफल गरेका थिए । दिउँसो फेरि आफू निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाय अपनाउने तर दुवै पद न’छाड्ने अ’डानमा छन् ।

आफू इ’तरको स’मूहलाई ग’लाउने रणनीति यो स’मूहले तय गरेको हो । त्यसका लागि उनले तीन वि’कल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल स’मूहको बुझाई छ । संसद वि’घटन गर्ने, सं’कटकाल लगाउने वा दल वि’भाजन खुकुलो बनाउने, अध्यादेश फेरि जा’री गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार न’छाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुनसक्ने बुझाई यो स’मूहको छ । तर, ओलीले यी सबै अर्को स’मूहलाई ध’म्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति स’हज नभएको बुझाई पनि यो स’मूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेको छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।