अमेरिकामा कोरोना तत्काल नियन्त्रणमा नआउने

काठमाडाैँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ५१ हजार ९७ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणका केस रहेकाे बताइएकाे छ । बिहीबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या २७ लाख ७९ हजार ९५३ पुगेकाे छ ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस क’मजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अझ स’क्रिय उमेर स’मूहका युवाहरूमा संक्रमण बढी फै’लिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।हाल अमेरिकामा काेराेना भाइरसका कारण मृ’त्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख ३० हजार ७९८ जनाकाे भाइरस संक्रमणका कारण मृ’त्यु भइसकेकाे छ । बुधबार त्यहाँ काेराेनाबाट ६७६ जनाकाे ज्यान गएकाे छ ।

मृ’त्युका केसहरूमा भने दैनिक उ’तारचढाब जारी छ । मंगलबार पनि ७६४ जनाकाे मृ’त्यु भएकाे थियाे भने साेमबार चाहिँ ३६६ काे मात्र ज्यान गएकाे थियाे ।तर अहिले अमेरिकामा नि’काे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा नि’काे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बुधबार) त्यहाँ २१ हजार ३४६ जना सं’क्रमणमुक्त भएका छन् । यद्यपि अझै १४ लाख ८४ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।तर अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नअाउने बताइएकाे छ ।

अमेरिकाका सं’क्रामक रो’गका विशेषज्ञ तथा टास्क फो’र्सका सदस्य डाक्टर ए’न्थोनी फा’उचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको म’हामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न न’सकिएको बताएका छन् ।फा’उचीले अमेरिका भोलिको समयमा थप स’मस्यामा घेरिने बताएका छन् । उनले मानिसहरुले यदि सामाजिक दुरीको पा’लना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप ख’राब हुनसक्ने चे’तावनी दिएका छन् । सा’वधानी नअपनाएमा अमेरिकाम हरेक दिन १ लाखभन्दा बढी नयाँ संक्रमित भेटिन सक्ने उनकाे भनाइ छ ।