कोरोना संक्रमण बढेपछि सुर्खेतका होटल-रेष्टुरेन्ट शुक्रबारदेखि ब’न्द

कालिकोट, १८ असार । सुर्खेतमा सञ्चालित होटल, रेष्टुरेन्ट र खाजा-नास्ता पसल भोलि शुक्रबारदेखि ब’न्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले नि’र्देशन दिएको छ ।कोरोना भाइरस (कोभिड–१९) म’हामारीको जो’खिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो नि’र्देशन दिएको हो । जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्ट र खाजा-नास्ता पसल (हो’मप्याक बाहेक) सैलुन तथा ब्युटी पार्लरसमेत पूर्णरुपमा ब’न्द गर्न बुधबार सू’चना जारी गरेको छ ।साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई पुर्ण रुपमा रो’क लगाएको छ ।

निजि सवारी साधनहरुका लागि जोर–बिजोर प्रणालीलाई यथावत रहने प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले फलफूल, तरकारी, दूध, ग्यास, औ’षधिजस्ता अत्यावश्यक सेवाका पसल शनिबार अनिवार्य ब’न्द गर्न र अन्य दिनहरुमा बिहान ७ देखि साँझ ५ बजेसम्म सु’रक्षा स’र्तकता अपनाएर संचालन गर्न निर्देशन दिएको रेग्मीले बताउनुभयो । खुला रहने पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची टाँ’स गर्न निर्देशन दिइएको छ ।