भारतसँग सीमा जोडिएको दार्चुलामा एकै दिन सशस्त्र प्रहरीको तीन बीओपी स्थापना

दार्चुला, १८ असार । भारतसँग सीमा जोडिएको नेपालको दार्चुला जिल्लाका विभिन्न सिमानाकामा आज एकै दिन सशस्त्र प्रहरी बलको तीन वटा बो’र्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।जिल्लाको मालिकार्जुन गाउँपालिका‐७ जोलजिवी, लेकम गाउँपालिका‐३ लाली र ब्याँस गाउँपालिका‐२ दुम्लिङमा सशस्त्र प्रहरी बल नेपालको बो’र्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।जोलजिवी र लालीमा स्थापना गरिएको बीओपीको सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी स्वयम सहभागी भएर उ’द्घाटन गर्नु भएको हो, भने ब्याँस‐२ दुम्लिङको बीओपी फोन मार्फत उ’द्घाटन गर्नुभएको हो ।

जोलजिवीस्थित बिओपी उ’द्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्र प्रहरीलाई प्राप्त विभिन्न कार्यादेश मध्ये सीमा सुरक्षा महत्वपूर्ण रहेको भन्दै जिल्लामा ४ वटा बीओपी स्थापना गरिएको बताउनुभयो ।बीओपी स्थापनाले सीमा रक्षा, सीमा अ’पराध र अ’वैध ओ’सार प’सार जस्ता क्रि’याकलापहरु नियन्त्रण हुने बताउनुभयो ।भारतसंगको सीमामा स्थापना गरिएको बीओपीले सीमा अ’पराध, चो’री त’स्करी नियन्त्रण गर्नुका साथै जनतालाई शान्ति सु’रक्षा महसुस हुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको विश्वास छ ।