‘इनफ इज इनफ’ का अभियन्तालाई प्रधानमन्त्री ओलीले अस्पताल पुगेर भेटे

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल भ’र्ना भएका इनफ इज इनफका अभियन्ता ई.लाई भेटेका छन्। बिहीबार साँझ ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्री ओलीले ई.लाई भेटेका हुन्। सो क्रममा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पा’रदर्शिता अपनाइने प्र’तिबद्धता जनाउँदै अ’नसन ताे’ड्न आग्रह गरेका थिए। अ’नशन बस्दै आएका ईसहित दुई अ’भियन्ता आजै अस्पताल भर्ना भएका हुन्। बिहीबार साँझ ५ बजे ई र अर्का स’त्याग्रही पुकार बा’मको स्वास्थ्यमा स’मस्या आएपछि ह्याम्स अस्पताल लगिएको एक अभियन्ता प्रितम सुबेदीले जानकारी दिए।

कोरोनाभाइरस म’हामारीमा सरकारले गरेको कामप्रति अ’सन्तुष्ट जनाउदै ईको ने’तृत्वमा इनफ इज इनफ अभियान थालिएको थियो। सरकारले पिसिआर परीक्षण बढाउनुपर्ने, आरडिटी परीक्षण ब’न्द गर्नुपर्ने, क्वा’रेन्टिनको राम्रो व्यवस्थापन हुनुपर्ने लगायतका मा’गहरू राखेर उनीहरुले शा’न्तिपूर्ण आ’न्दोलन गरेका थिए। सरकारले वे’वास्ता गरेको भन्दै केही दिनअघिबाट उनी पाटनको कृष्णमन्दिर अगाडिको पाटीमा अ’नशन बस्दै आएका थिए।