संक्रमित भन्दा निको हुने धेरै, ५ हजार ३ सय बढीले जिते कोरोना

काठमाडौं, १८ असार । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन तीब्ररुपमा थपिदै गर्दा निको भएर डिस्चार्ज हुनेको संख्यामा पनि उत्साहजनक वृद्धि भएको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।उपचारमा देखाइन थालिएको तदारुकता, कोरोना संक्रमितप्रति फेरिदो व्यवहारले पनि निको हुने संक्रमितको संख्या उल्लेख्य बढेको बताइएको छ ।

यसै बिच कोरोनालाई जि’तेर तनहुँ व्यास नगरपालिका–१ की ४० वर्षीया महिला घर फर्किएकी छन । अ’परेसन गरी घरमै स्वास्थ्य ला’भ लिइरहेको अवस्थामा उनमा को’रोना संक्रमण देखिएको थियो। असार ३ गते पहिलो पटक उनको स्वाब न’मुना संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। असार ११ गते दोस्रो पटक उनको स्वा’ब संकलन गरी स्वास्थ्य नि’र्देशनालय पोखरा पठाइएकोमा बिहीबार रिपोर्ट आएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। ‘दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको घरमै पुगेर रिपोर्ट बुझाइएको छ,’ सोतीले भने।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घरमै पुगेर उनलाई रिपोर्ट ह’स्तान्तरण गरेका हुन्। नगर प्रमुख न्यौपानेले बिरामी भएकै अवस्थामा पनि को’रोनामुक्त हुन सफल भएकोमा ब’धाई दिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। आगामी दिनमा स्वास्थ्यमा सं’क्रमण दोहोरिन नदिन स’चेत हुन समेत मेयर न्यौपानेले सुझाएका थिए। को’भिडमुक्त महिलाले आत्मविश्वास भएमा रो’गसँग ल’ड्न सक्ने बताइन्। ‘विदेशमा म’र्नेको संख्या बढेको देख्दा पनि सचेत छु भन्ने लागेको थियो, आज मेरो आत्मविश्वासले कोरोनालाई जि’त्न सफल भएकी छु, कोरोना संक्रमण भयो भनेर ड’राउनुपर्दैन, आ’त्मबल ब’ढाउनुहोस्,’ उनले भनिन्।