कोरोनाकै कारण बढ्दै बालविवाह

काठमाडौं – कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यू’एनएफपीए) ले यस्तो आ’कलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना ल’म्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।लै’ङ्गिक वि’भेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्र’चलित हा’निकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाँै किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हा’नि पु¥याउने अभ्यासको सिकार बन्न बा’ध्य हुने गरेको र कोरोनाले यसमा अझ ना’जुक बनाएको बताइएको छ ।यूएनएफपीएको प्र’तिवेदन अनुसार विश्वभरका करिब १९ वटा हा’निकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कु’मारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उ’ल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्र’तिवेदनले हा’निकारक मानेको छ ।