ब्राजिलमा कोरोना संक्रमित संख्या १५ लाख ना’घ्यो

काठमाडाैँ, १९ असार । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर ब’ढेसँगै दैनिक मृ’त्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना सं’क्रमणबाट सर्वाधिक दैनिक मृ’त्यु ब्राजिलमै देखिएकाे छ । संक्रमणका के’समा भने अमेरिका अ’घि देखिएकाे छ ।ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १५ लाख ना’घेकाे छ । शुक्रबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १५ लाख १ हजार ३५३ पुगेकाे व’र्ल्डाेमिटर्सले जनाएकाे छ । ब्राजिलमा बिहीबार एकै दिन ४७ हजार ९५४ जनामा संक्रमण पुष्टि भएकाे छ ।

काेराेना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार २७७ जनाकाे मृ’त्यु भएकाे छ ।अघिल्लाे दिन बुधबार पनि त्यहाँ ४४ हजार ८८४ नयाँ संक्रमित थ’पिएका थिए भने १ हजार ५७ जनाले ज्यान गु’माएका थिए । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ६१ हजार ९९० जनाले ज्यान गु’माइसकेका छन् ।तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमितमध्ये ९ लाख १६ हजारभन्दा बढी मानिस सं’क्रमणमुक्त भएकाे व’र्ल्डाेमिटर्सले जनाएकाे छ । बिहीबार त्यहाँ ८९ हजारबढी मानिस सं’क्रमणमुक्त भएकाे तथ्यांकमा देखाइएकाे छ ।

हाल त्यहाँ ५ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (को’भिड-१९)बाट संक्रमित हुनेकाे संख्या दैनिक रूपमा बढिरहेकाे छ । त्यहाँ कुल संक्रमित संख्या २८ लाख ३७ हजार नाघेकाे छ । त्यहाँ १ लाख ३१ हजारभन्दा बढीले काे’राेनाकै कारण ज्यान गु’माइसकेका छन् ।विभिन्न तथ्यांक निकाल्ने संस्था व’र्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २८ लाख ३७ हजार १८९ पुगेकाे छ । बिहीबार एकै दिन मात्र त्यहाँ हालसम्मकै बढी ५७ हजार २३६ जनामा संक्रमण पुष्टि भएकाे छ ।

यसअघि बुधबार पनि अमेरिकामा दैनिक संक्रमणका ५१ हजार ९७ केस फेला परेका थिए ।अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण ती’व्र हुँदै गए पनि मृत्युदर भने कम छ । संक्रमण दरकाे तु’लनामा मृ’त्युदर घ’टिरहेकाे छ भने नि’काे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ११ लाख ९१ हजारभन्दा बढी मानिस पूर्ण रूपमा नि’काे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ २६ हजार ४११ मानिस सं’क्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख १४ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृ’त्यु हुनेकाे संख्या विश्वमै अ’धिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ३१ हजार ४८५ जनाकाे भाइरस संक्रमणका कारण मृ’त्यु भइसकेकाे छ । बिहीबार त्यहाँ काेराेनाबाट ६८७ जनाकाे मृ’त्यु भएकाे छ । मृ’त्युका के’सहरूमा भने दैनिक उ’तारचढाब जारी छ । अघिल्लाे दिन बुधबार पनि त्यहाँ ६७६ जनाकाे मृ’त्यु भएकाे थियाे ।