कोरोना महामारी नियन्त्रणमा: उत्तर कोरियाली नेता किम

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले विश्वव्यापी म’हामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा रहेको बताउनुभएको छ । सत्तारुढ व’र्कर्स पार्टीको पो’लिटव्यूरो बैठकमा नेता किमले विश्वमा म’हामारीको रुपमा कोरोनाको संक्रमण फैलिएपनि उत्तर कोरियाले यसलाई नियन्त्रणमा राख्नु स’फलता भएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।उहाँले भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले चा’लेका क’दम पर्याप्त नभएपनि यसलाई सुधार गर्दै अघि ब’ढ्न अधिकारीहरुलाई निर्देशन दिएको बताइएको छ ।

विश्वका अधिकांश देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेपनि उत्तर कोरियाले सार्वजनिक गतिविधिहरुमा लगाएको रो’कलाई अझै निरन्तरता दिने बताइएको छ ।उत्तर कोरियामा सार्वजनिक शिक्षण संस्थाहरु सु’चारु भएपनि अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न भने रो’क लगाइएको छ । नेता किमले महामारीवि’रुद्ध ल’ड्नका लागि निर्माण भइरहेका स्वास्थ्य संरचना निर्माणका काम त’त्काल पूरा गरेर सञ्चालनमा ल्याउन पनि अधिकारीहरुलाई निर्देशन दिनुभएको बताइएको छ ।विश्व स्वास्थ्य संगठनको निर्देशनअुनसार नै उहाँले भी’डभाडमा जाँदा भौतिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगमा क’डाइ गर्न पनि निर्देशन दिनुभएको छ । एजेन्सी