काठमाडौंमा स’मुदायस्तरमै फैलियो कोरोना

काठमाडौं ।केहीदिन अघि काठमाडौँकी एक ग’र्भवती महिला श’ल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उनीमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक स’मूह लागेको छ ।

परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जो’खिममा छ भनेर सहजै अ’नुमान लगाउन सकिन्छ ।‘पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता के’सहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी क’न्ट्रयाक ट्रे’सिङ गरिरहेका छौँ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।’ ‘त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँ’चाउन जाँदा सर्‍यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भी’डभाडमा पुग्दा सङ्क्रमण भएको हो’, डा।गौतमले अ’नुमान गर्दै भने ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय स’मुदायमा समेत देखिन थालेको हो । थप सतर्कता न’अपनाए उपत्यकामा सङ्क्रमण जो’खिम बढ्ने चिकित्सकको भनाइ छ ।सरकारले उपत्यका प्रवेशमा क’डाइ गरे पनि लु’कीलुकी भित्रिने क्रम रो’किएको छैन ।त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ ।

नाकामा अझै क’डाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मा’पदण्ड अप्नाएर काम गर्न ज’रुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा।अनिल कार्कीले बताए ।बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परेका छन् । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ ।जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् ।

ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् । आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृ’त्यु भएको छ । योसँगै मुलुकभर ३२ जनाको मृ’त्यु भइसकेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।

विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रै’थाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले क’न्ट्रयाक ट्रेसिङको काम थालिएको बताए । ‘हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सो’च्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उहाँले सतर्कता अपनाउन आग्रह गर्दै भने– ‘हामी हो’सियार भएनौ भने उपत्यका जो’खिममा छ ।’एक अध्ययन प्रतिवेदनअनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

तीस प्रतिशतले अझै ला’परवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, से’निटाइजर प्रयोग गर्ने, जो’रजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भी’डभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट ब’च्न सकिन्छ ।इटाली र स्पेनमा भएको ला’परबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सु’झाव छ । एक अध्ययनले अमेरिकामा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जो’गाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा।गौतमले भने ।

उनका अनुसार अब क्वा’रेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घ’ट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सा’वधानी अ’पनाउन सके स’मुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन ।ला’परबाही गर्दा भयावह हुनसक्छ ।सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रो’क्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा।रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्र’योगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।

मुलुकमा औसत दैनिक चारदेखि ६ हजारको हा’राहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा ब’न्दाबन्दीको आदेश जा’री गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खु’कुलो गरिएको छ । खुकुलो हुँदा ला’परवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।