दक्षिण कोरियामा कोरोनाको दोस्रो उछाल, संक्रमित १३ हजार नजिक पुगे

एजेन्सी। दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६३ वटा कोरोनाको नयाँ संक्रमित फेला परेका छन् । यो कोरोना संक्रमणको दैनिक तथ्यांकको मामिलामा पछिल्लो दुई हप्तामा सबैभन्दा खराब अवस्था हो ।नयाँ संक्रमितसँगै दक्षिण कोरियामा कोरोना संक्रमणको संख्या १३ हजारको नजिक पुगेको छ । राजधानी सियोल बाहिर संक्रमणको मामिलाहरु वृद्धि जारी रहेको छ । पूरै दक्षिण कोरियाको उही स्थिति रहेको जनाइएको छ ।मे को अन्त्य देखि दक्षिण कोरियामा एक पटक फेरि कोरोना संक्रमणको मामिलाहरु बढ्न थालेको छ ।

चीन बाहिर दक्षिण कोरिया एउटा यस्तो देश हो जहाँ सुरुमा कोरोना संक्रमणको घटना तीव्र गतिमा बढेको थियो तर पछिका महिनाहरूमा त्यहाँको अवस्था नियन्त्रणमा रहेको देखिन्थ्यो। दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले देशमा संक्रमणको दोस्रो उछाल देखिरहेको बताएका छन् ।