कोरोनाबाट नेपालमा थप एक जनाकाे मृ’त्यु, मृ’तकको संख्या ३३ पुग्यो

२० असार २०७७, शनिबार काठमान्डौ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृ’त्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे अनुसार गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृ’त्यु भएकाे हाे ।पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आ’इसोलेशनमा भ’र्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृ’त्यू भएको गोरखा अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या ३३ पुगेको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी म’धुमेह रो’गका दी’र्घरोगी रहेको अस्पतालले जा’री गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। कोरोनाको ज’टिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भ’र्ना गरिएको थियो ।