कोरोनाका कारण नेपालमा एकैदिन २ जनाको मृ’त्यु !

काठमाडौँ ।नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृ’त्यु भएको हो ।मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृ’त्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वा’रेन्टिनमा बसेका थिए । १८ गते स्वा’व संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।

उनी म’धुमेहका दि’र्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।यस्तै रुपन्देही दे’बदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृ’त्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्ष’यरोगका वि’रामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृ’त्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ ।शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ ।