भेरीको ध’मिलो फोहर पानीले तिर्खा मेट्दै खारावासी

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फो’हर पानी पिउन बा’ध्य भएका छन् । पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बा’ध्यतालाई कसैले बुझ्ने प्रयास गरेनन् ।सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीका लागि या’चना गरेका खारावासी वर्षेनी १२ महिना भेरीको पानी पिउने बा’ध्यता ह’ट्न नसकेको पदमा लु’हार बताउँछन् । उनि भन्छन्, “भेरीबाट आधा घण्टा उकाली चढेर घरमा लिनेबितिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइकन राख्दा बालुवा गाग्रीको तल थि’ग्रिएपछि मात्र पिउनयोग्य हुने गर्दछ ।”

उनिजस्तै अर्की कमला लुहारको पी’डा पनि कम्ती छैन । तीन महिनाको दूधे बच्चा छा’डेर दैनिक तीनपटक भेरी नदीको फोहर पानी पिउनका लागि नदीको किनारमा पुग्नुपर्छ उनले भनिन्, “स’ङ्घसंस्थादेखि अन्य ज’नप्रतिनिधि हेरी गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन । प’शुचौपायादेखि मानिस सबैले भेरी नदीको पानी पिउनुपर्ने बा’ध्यता छ ।”भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहर पानीका कारण बि’रामी हुनुपर्ने पी’डा खारावासीको मुख्य स’मस्या रहेको छ । तीस घर दलित परिवार र अन्य केही जनजाति स’मुदायको बसोबास रहेको खारामा पीडा सुन्ने धेरै आए तर काम गर्ने कोही आएनन् भन्दै आ’क्रोशसमेत पोख्न थालिएको छ ।

अब कुराभन्दा परिणाम चाहिएको छ स्थानीयवासी धनवीर लुहारले भने ।छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छे’डागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर सयौँ उ’च्चपदस्थ व्यक्ति आवातजावत हुँदा खारावासीले पानीको समस्या सुनाउने गरेका छन् । हुन्छ, सबैले भन्छन् तर काम कसैले गर्दैनन् खा’रावासीको गु’नासो छ ।आधा घण्टाको दूरीमा भेरी नदीमा पानी उ’र्लदो छ तर माथि रहेको जमिन हिउँद्याममा बाँझो रहन्छ, वर्षायाममा आ’कासेपानीको भरमा खेती गरिँदै आइएको छ । गाउँलेहरु भन्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पानीको ठूलो मा’रमा छन् ।

घरबाटै बोकेर ल्याएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थी है’रान हुने शिक्षकहरुको भनाइ छ ।फोहर पानी पिउँदा खारावासीमा वर्षेनी पानीजन्य रो’ग देखा पर्दै आएको छ । झाडापखाला, जु’कालगायतका रो’गबाट यहाँका सर्वसाधारण सधैँ पी’डित हुने गरेका छन् । वडाध्यक्ष मोतीलाल खत्री सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डिपीआरको काम भएको र केही समयपछि पानीका लागि काम शुरु हुने बताए । “करोडभन्दा बढीको आ’योजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ”, खत्रीले भने।