आफू र राष्ट्रपतिमाथि ठूलो ष’डयन्त्र हुँदैछ, जवाफ दिन तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिमाथि ठूलो ष’डयन्त्र भइरहेको भन्दै आफु जवाफ दिन तयार रहेको बताउनु भएको छ ।उहाँले आफूले अब आफ्नै मन्त्रिपरिषद्का सहयोगीहरुलाई नै ‘तपाईहरु कुन कित्ताको’ भन्नु पर्नेसम्मको अवस्था उत्पन्न भएको बताउदै कित्ता छु’ट्याउन चे’तावनीयुक्त भाषा समेत प्रयोग गर्नु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीसंग साँझ शीतल निवासमा भेटघाट गरेपछि प्रधानमन्त्री निवास वालुवाटारमा फर्कनु भएका उहाँले दुई तिहाई बहुमतको सरकारलाई आफ्नै पार्टीबाट स’मस्यामा पार्ने काम भएको दावी पनि दोहोर्याउनु भएको छ ।

बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपतिमाथि हुन थालेको ष’डयन्त्रलाई चि’र्न गर्न जुनुसुकै पाइला चाल्न पनि तयार रहेको बताउनु भयो ।उहाँले राष्ट्रपतिमाथि अ’विश्वासको प्रस्ताव सम्म ल्याउने तयारी भएको आफूले जानकारी पाएको बताउदै यस्तो बेलामा मन्त्री र राज्यमन्त्रीहरुले पनि को कता भने प्रष्ट पार्नु पर्ने चु’नौतीपूर्ण भाषाको प्रयोग गर्नु भएको थियो ।छलफलमा प्रधानमन्त्री ओलीले राख्नु भएको धा’रणाप्रति उर्जा मन्त्री बर्षमान पुन र कृषि मन्त्री घनश्याम भुषालले प्र’तिवाद गर्दै अ’फवाहको पछि नलाग्न सुझाव दिनु भएको थियो ।

यस्तो विषयमा पार्टीमा, संसदीय दल र पार्टीका अन्य त’हतप्कासंग छलफल गर्न बु’द्धिमानी हुने बताउँदै आ’वेशमा आएर न’बहकिन उर्जामन्त्री पुनले प्रधानमन्त्री ओलीलाई सुझाएका थिए ।यसैगरी कृषि मन्त्री भुषालले ग’लत सू’चनाको पछि लागेर पार्टी र देशलाई प्रभावित नपार्न आ’ग्रह गर्दै शंका लागेको विषयमा खुला छलफल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको थियो ।उहाँले ह’ल्लाको पछि लाग्दा आफूहरु पनि प्रभावित बनेको बताउदै कसैको पनि कुरा सुनेर ए’कतर्फीरुपमा न’बहकिन पनि ओलीलाई आ’ग्रह गर्नु भएको थियो ।