रौतहटमा भारतले दशगजा मि’चेर बनाएको बाँ’ध भ’त्काइयाे

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा भारतले आफ्नो भूमिमा भन्दै ए’कतर्फी रुपमा बनाएको बाँधले दशगजा मि’चेको प्रमाणित भएको छ । भारतले दादागिरी शैलीमा प्रत्येक वर्ष बढाउँदै लगेको सो बाँ’ध यस पटक पनि बढाउँदै लगेको थियो । तर स्थानियवासी र प्रशासनले ड’टेर भारतको सो कार्यको प्र’तिकार गरेपछि सो बाँधको निर्माण कार्य भारतले रो’केको थियो ।नेपाल र नेपाली जनतालाई पेलेरै बाँ’ध निर्माण गर्ने नीति लिएर अगाडि बढेको भारत रौतहटवासीको क’डा प्र’तिकार र स्थानीय प्रहरी-प्रशासनको कडा र’वैयापछि ह’च्किएर पछाडि ह’टेको थियो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोली बाँ’धले सीमा मिचेको भू-भाग न’भत्काए नेपालले भत्काउने चेतावनी दिएपछि भारतले आफैले बाँ’धको केही भाग भ’त्काएको थियो ।सो स्थानमा शुक्रबार र शनिबार दुबै देशको सर्भे टोलीले सर्वेक्षण र नापी गरेको हो । नेपाल र भारतको संयुक्त सर्भे टोलीले नाँपजाँच गरेपश्चात् भारतले सो बाँ’ध निर्माण गर्ने क्रममा दशगजा मि’चेको प्रमाणित भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँले बाँ’धको करिब २ सय मिटर लम्बाइ क्षेत्रमा भारतीय बाँधले दशगजा मि’चेको जानकारी दिँदै थप जानकारी सर्भे टोलीको विस्तृत रिपाेर्टपछि खुल्ने बताउनुभयो ।

‘दुबै देशको संयुक्त सर्भे टोलीले नापी गर्दा सो बाँधले दशगजा मि’चेको प्रमाणित भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले भारतीय पक्षलाई सो मि’चिएको स्थानको बाँ’ध ह’टाउन भनेका छौँ । उनीहरुले पनि ह’टाउने कुरामा सहमत भएका छन् ।’ उहाँले सो मि’चिएको स्थानको बाँ’ध नभत्काए नेपाली पक्षले भ’त्काएर दशगजा खाली गरिने पनि बताउनुभयो । नापीपछि दशगजा मि’चिएका स्थानहरुमा ११ वटा जीआइ पाइपको अस्थायी पिल्लर बनाएर दशगजाको सिमाना निर्धारण गरिएको छ ।आफुहरुले पहिलेदेखि नै भारतले एकतर्फी बनाएको सो बाँधले दशगजा मिचेको भन्दै निरन्तर प्र’तिकार गर्दै आएकोमा आज आएर सो प्रमाणित भएको स्थानीय युवा आलोक सोनीको भनाइ छ ।

उहाँले भारतको हे’पाहा प्रवृतिको वि’रोधमा आफुहरु लडिरहेको भन्दै अब भारतले आफुले मि’चेको दशगजाको बाँध तुरुन्त भ’त्काउनुपर्ने र न’भत्काए नेपाली पक्षले भत्काएर दशगजा सिमानाको र’क्षा गर्नुपर्नेमा जोड दिनुभयो ।सोही बाँ’धको कारण वर्षेनी आफुहरु डु’ब्नु परिरहेको स्मरण गर्दै उनले यस वर्ष पनि वर्षाको सुरुवात भइसकेकाले कुन दिन डु’बानमा परिने हो भन्ने त्रा’सले सताउन थालेको बताउनुभयो । ‘सो बाँ’धमा पानीको कुनैपनि निकास छैन्’ उहाँले भन्नुभयो, ‘पानीको निकास नभएकाले वर्षाको पानी नेपालतर्फ जम्मा भएर पूरै गाँउ ज’लमग्न हुन्छ ।

हप्तौसम्म डु’बानमा बस्नुपर्छ ।’ उनले नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर सो बाँ’धको कारण वर्षेनी हुने डु’बानको समस्याको दि’र्घकालिन स’माधानको लागि पहल गर्नुपर्ने माग गर्नुभयो ।भारतले ल’कडाउनको अवधिमा सो बाँ’धको उ’चाइ बढाउँदै चौ’डाइ ए’कतर्फी ढंगले बढाइरहेको थियो । उसले बोरामा बालुवा हालेर बलियो हिसाबमा बाँ’ध निमार्ण गरेको छ । अहिलेसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले न’भत्कने गरी बलियो बनाइसकेको स्थानीयहरु बताउँछन् । सो बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी नेपाली भूभाग डु’बानमा पर्ने गरेको छ ।

यो बाँ’धकै कारण यस वर्ष पनि सो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्ण रुपमा डु’बान पर्ने निश्चित रहेको छ ।भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६\५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइरहेको छ भने वर्षाको पानीले नभत्कियोस् भनेर झन म’जबुत बनाइरहेको छ । भारतले बनाइरहेको सो बाँध करिब तीन किलोमिटरभन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा चौडाईको रहेको छ भने नेपालतर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्ण रुपमा डु’बानमा पर्ने निश्चित देखिन्छ ।