आज गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्र’द्धाभाव प्रकट गरी मनाइँदै

काठमाडाैँ, २१ असार । आज गुरु पुर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्र’द्धाभाव प्र’कट गरी मनाइँदै छ । ध’र्मग्रन्थ महाभारतका र’चयिता वे’द व्या’सको जन्मजयन्तीका अवसरमा वै’दिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । याे असार शुक्ल पूर्णिमाकाे दिन पर्दछ ।आज गुरूपूर्णिमालाई वे’द व्यास जयन्तीको रूपमा मनाइन्छ । वे’द व्यासले वे’द­वेदान्त, अठार पुराण, उ’पनिषद्हरू लेखी हि’न्दू सं’स्कृतिलाई ठूलो गुन लगाएका हुन् ।शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ ।

यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको ना’श गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शा’स्त्रले ब्र’ह्मा, विष्णु र महेश्वरका रुपमा समेत मा’नेको छ । ब्रह्मा, विष्णु र महेश्वरले स’माधान गर्न नसकेको स’मस्यालाई गुरुले स’माधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –गुरु ब्रम्हा गुरुर्विष्णु गु’रुर्देवो महेश्वरस् ।गु’रुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ। यस्ता सा’क्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आ’चार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न स’ङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्र’द्धाभाव प्रकट गर्दैछन्। आजै वे’दलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अ’थर्ववेद गरी चार भागमा वि’भाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उ’पपुराणको रचना गर्नुहुने वे’दव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।

पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र ध’नुँबाण सिकाउने गुरु आदीलाई मा’निन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आ’कर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उ’त्साह, धै’र्य र सहनशीलता, प्रेम र सहानुभूति, आ’त्मविश्वास, नैतिकता र च’रित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।गुरूपूर्णिमा हिन्दू ध’र्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्री’मद्भागवत, अठार पुराण र विष्णु स’हस्रनामका रचयिता तथा अ’पौरूषेय वे’दलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्।

उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पा’ण्डवभन्दा अघि उत्तरायण न’क्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो ।आफ्ना छोरा शु’कदेवसहित सम्पूर्ण ऋषिलाई वे’दवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।