व्यवसायीलाई ‘निल्नु न ओ’कल्नु’

काठमान्डौ , कोरोना भाइरस सं’क्रमणका कारण पर्यटन व्यवसायीले मा’र खे’प्न थालेको झन्डै ६ महिना लागेको छ। चीनमा संक्रमण सुरु भएपछि यहाँका व्यवसायीले मा’र खे’प्न थालेका थिए। नेपालमा ढिला लकडाउन भए पनि विदेशीको आ’गमन घ’ट्न थालेको चीनमा संक्रमण सुरु भएदेखि नै हो। विश्वका अन्य मुलुकमा संक्रमण फै’लिँदै गर्दा यहाँ पर्यटक आगमन निकै नै खस्किसकेको थियो। कोरोनाका कारण सबैखाले व्यवसायी मा’रमा छन्। त्यसमा पर्यटन क्षेत्रले खे’पेको मा’र अझै बढी छ ।कोरोनाका कारण ठूला पर्यटन व्यवसायी पनि मा’रमा छन्।

त्यसमा अझ बढी मा’र सानालाई परेको व्यवसायीको भनाइ छ। ले’कसाइडमा म’हँगो भाडा तिरेर व्यवसाय गरेका साना व्य’वसायी अहिले के गरौं, कसो गरौं को अवस्थामा छन्। अझै कम्तीमा दुई वर्ष पर्यटक आ’गमन नहुने आँकलन गरेका व्यवसायी लेकसाइडको व्यापारलाई नि’रन्तरता दिन क’ठिन रहेको बताउँछन्। मासिक भाडा तिर्न सक्ने अवस्थासमेत नहुँदा झनै अन्योल थपिएको उनीहरुको भनाइ छ। कतिपय व्यवसायीले मा’सिक खर्च बेहोर्न सक्ने अवस्था नहुँदा व्यवसाय नै ब’न्द गर्ने सो’चमा पुगिसकेको बताएका छन्।

महँगो भाडा तिरेर सटरमा व्यवसाय सञ्चालन गरेका साना व्यवसायीलाई अहिले व्यवसाय नै ‘निल्नु न ओ’कल्नु’ भएको छ। अझै लामो समय व्यवसाय सञ्चालन नहुने पक्का जस्तै देखेका साना व्यवसायी के र कसो गर्ने भन्ने दो’धारमा छन्। ‘मासिक ५० हजार रुपैयाँमा एउटा सटर भाडामा लिएर व्यवसाय गरेको छु। तर लकडाउनपछि पूरै व्यवसाय बन्द छ,’ एक व्यवसायीले भने, ‘अब भाडा नै कसरी तिर्ने भन्ने अ’न्योल छ। अहिले त त्यही व्यापार नै नि’ल्नु न ओ’कल्नु भइसक्यो।’ ती व्यवसायीका अनुसार चीनमा संक्रमण सुरु भएपछि नेपाल आउने चिनियाँ पर्यटक घ’ट्न थालेका थिए।

चिनियाँ पर्यटक ल’क्षित व्यवसाय खस्कन थालेको थियो। भाइरस संक्रमण विश्वभर फै’लिँदै गर्दा अरु मुलुकका पर्यटकको आ’उजाउ पनि रोकियो र लकडाउन सुरु हुँदासम्म व्यवसायीले नो’क्सान खे’पेको लामो समय भइसकेको उनले बताए। ‘अझै दुई वर्ष लेकसाइडको व्यापार हुने छाँ’टकाँट छैन,’ उनले भने, ‘मासिक ५० हजार रुपैयाँको दरले चैतपछिको भाडा मात्र दुईलाख रुपैयाँ पुग्यो। आम्दानी भने शून्य छ। अब व्यापार नै ब’न्द गर्नुको विकल्प छैन। भाडा तिर्न सक्ने अवस्था छैन।’ अझै एक महिना प’र्ख र हे’रको अवस्थामा बसेको बताउँदै उनले भने, ‘एक महिनापछि पनि व्यापार गर्ने अवस्था देखिएन भने पसल नै ब’न्द गर्नुपर्छ। नागरिक दैनिक