कोरोनाकाे बीचमै खुल्यो संसारको पहिलो सु’नैसुनले बनेको होटल

काठमाडौँ – विश्वभरी कोरोना भाइरसको महामारी भइरहेको बेला भि’यतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सु’भारम्भ बिहिबार गरिएको हो ।भि’यतनामको राजधानी ह’नोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खु’लेको हो । बिहीवार डो’ल्चे ह’नोई गो’ल्डन ले’क नामको फाइभ स्टार होटलको शुभारम्भ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । सो होटलको भत्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनले नै बनेका छन् ।२५ तले सो होटलमा ४ सय वटा कोठा रहेका छन् ।

होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । होटलको स्टाफको ड्रे’स को’ड पनि रातो र सुनौलो छ । ल’बीमा फर्निचर र सजावटमा पनि सुनौलो क’लाकृति छ । छतमा स्वि’मिङ पूल छ । त्यहाँबाट ह’नोई शहरको सुन्दर दृश्य देखिन्छ ।सो होटलको प्रे’सिडेन्सिय सु’इटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । यो होटललाई द’क्षिणपूर्वी एसियाकै सबभन्दा वि’लासी होटल मानिएको छ ।